काठमाडौं, १ पौष । पछिल्लो समय चर्चामा रहेका निर्मल पूर्जा अर्थात निम्स दाई वल्डलिंकको सद्भावना दूत भएका छन् ।
आठ हजारभन्दा अग्ला विश्वका १४ वटै हिमाल सात महिनामा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल निर्मल पूर्जालाई वल्डलिंकले आफ्नो सद्भावना दूत नियुक्त गरेको हो ।
राजधानीमा आयोजित एक कार्यक्रममा वल्डलिंकले पूर्जालाई सद्भावना दूत नियुक्त गरेको हो ।
पूर्जाको हिमाल आरोहणसम्बन्धी कथामा आधारित वृत्तचित्र ‘फोर्टिन पिक्सः नथिङ इन इम्पोसिबल’ केही दिनअघि नेटफ्लिक्समार्फत विश्वभर प्रशारण भएको थियो ।