एजेन्सी, १ पुस । विश्वका सर्वाधिक प्रशंसनीय पुरुष २०२१ को सूची जारी गरेको छ । शीर्ष २० मा ५ भारतीयले राम्रो स्थान हासिल गरेका छन् । यो सूचिमा पूर्व राष्ट्रपति बराक ओबामा र माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको नाम पनि समावेश छ। उनीहरुसँगै ५ भारतीय नाम पनि शीर्ष २० मा परेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, महान क्रिकेटर सचिन तेन्दुलकर, बलिउडका बादशाह शाहरुख खान, सुपरस्टार अमिताभ बच्चन र खेलाडी विराट कोहली छन्। यी २० व्यक्तिहरू संसारका सबैभन्दा शक्तिशाली व्यक्तिहरू मध्ये एक हुन् ।
मनोरञ्जन जगतका यी दुई नामलाई हेर्ने हो भने शाहरुख खान बलिउडका बादशाह हुन् । अर्कोतर्फ टिभीदेखि सिनेमासम्म आफ्नो दबदबा कायम गरेका ७९ वर्षीय अमिताभ बच्चनले यो वर्ष पनि आफ्नो बल देखाएका छन् । हालै उनको गेम शो केबीसीले आफ्नो १००० एपिसोड पूरा गरेको छ।
यिनीहरू बाहेक यस लिस्टमा थप दुई नाम पनि परेका छन्, ती हुन् क्रिकेट जगतका चम्किला स्टार विराट कोहली र क्रिकेटका भगवान सचिन तेन्दुलकर । यो नाम पनि संसारमा कुनै परिचयको जरुरत छैन। तर, अहिले विराट कोहली मैदानमा भन्दा पनि विवादमा बढी देखिन्छन् ।