Logo

प्रचण्डलाई मुछ्दै गोकुल बाँस्कोटाले भनेः यानप्रसादलाई लालसेनाले मारेको थियो



काठमाडौं, १ पौष । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले यानप्रसाद गौतमलाई लालसेनाले मारेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् । प्रचण्डले यानप्रसादलाई लासेनाले मारेको विषयमा माफी माग्ने टिप्पणी समेत गरे ।

आज ट्वीट गर्दै बाँस्कोटाले प्रचण्डले ओलीलाई माफी माग्न चुनौती दिदै आफै शेयर लगानीकर्तासँग माफी मागेको बताए । उनले भनेका छन्,‘एक दिन यानप्रसाद गौतम गुपचुप मारिएकोमा पनि यसै गर्नेछन् उनले । किनभने यानप्रसादलाई रोल्पाको उवामा तत्कालीन शाहीसेनाले हैन, लालसेनाले मारेको थियो ।’

यानप्रसाद माओवादी सशस्त्र जनयुद्धका क्रममा श्रम शिविरमा मारिएको घटना चर्चामा थियो । उनको विषयमा पुस्तक पनि प्रकाशित छ ।

बाँस्कोटाले लेखेका छन्ः ओलीलाई माफी माग्न चुनौती दिदैं खसोखासमा आफैं माफी मागेछन शेयर लगानीकर्ता संग प्रचण्डले।र,एकदिन यानप्रसाद गौतम गुपचुप मारिएकोमा पनि यसै गर्ने छन उनले।किनभने यानप्रसादलाई रोल्पाको उवामा तत्कालीनशाहीसेनाले हैन,लालसेनाले मारेको थियो।



प्रतिक्रिया दिनुहोस्