Logo

घर धनीले पाइप सम्बन्धि जान्नुपर्ने कुराहरु



काठमाडौं, १ पुस । हरेक मानिसलाई सानै भए पनि आफ्नै घरमा बसौँ भन्ने सोच हुन्छ । तर घर बनाउने प्रकृया दिन प्रतिदिन झन्झटिलो र खर्चिलो हुँदै गइरहेको छ । प्राय मानिसको हकमा घर भनेको जिन्दगीभरीको कमाइ हो । त्यसैले घर बनाउँदा धेरै कुरामा विचार पु¥याउनुपर्छ । त्यस्तै विचार पु¥याउनुपर्ने एउटा विषय सहि पाइपको छनोट पनि हो ।

सही पाइपको छनोट गर्नु एउटा मुख्य चुनौती हो, जसले तपाईंको घरको पिउने, खाना पकाउने र सफाईमा प्रयोग हुने पानीलाई प्रभावित गर्दछ । घर बनाउँदा तपाईँले छनोट गर्नुभएको पाइपले तपाईं र तपाईंकोे परिवारलाई धेरै नै असर पार्न सक्छ । त्यसैले पाइप छनोट गर्नको लागि प्लम्बरमा मात्र भर पर्नु राम्रो होइन ।

राम्रो गुणस्तरको पाइप छनोट नगर्दा समस्याहरु देखा पर्छन् । पाइपको चयन गर्दा चाप र तापक्रमलाई सहन सक्ने क्षमता भएका पाइपको प्रयोग गर्नुपर्छ । कहाँ र कस्तो अवस्थामा कुन पाइपको जडान गर्नुपर्छ भन्ने कुरा घर धनीलाई ज्ञान भएको राम्रो हो । पाइप सम्बन्धि आउने प्लम्बिंगका समस्याहरु दिनहुँ आइपर्दैनन तर पनि बेलैमा हामीले ध्यान पु¥याएनौँ भने यसले निकै ठूलो खर्च निम्त्याउन पनि सक्छ । त्यसैले पाइपको बारेमा जानकारी राख्नु सबैको लागि निकै महत्वपूर्ण हुन्छ ।

हरेक कम्पनीको पाइपहरुमा केहि न केहि समस्या आउनु स्वाभाविक हो तर समयमै ती समस्याहरु निराकरण गरियो भने ती पाइपहरुको पूर्ण उपयोग गर्न सकिन्छ । हेलचक्र्याइँ गरियो भने पछि पाइपिङमा समस्या आउँदा फेरी सबै तोडफोड गरेर मर्मत गर्नुपर्ने हुन्छ । पाइपहरुको विभिन्न प्रकार र तिनीहरुको विशेषता अनुसार पाइपलाई प्रयोग गरियो भने यी समस्याहरु आफैँ निकै कम भएर जान्छन् । उदाहरणको लागि खानेपानी प्रयोजनको लागि किचन र बाथरुममा ऋएख्ऋ पाइप प्रयोग गर्न उचित हुन्छ । तर सोहि पाइपलाई ढल निकासका लागि प्रयोग ग¥यौँ भने त्यसले राम्रो नतिजा दिँदैन र फेरि पाइप परिवर्तन गर्नुपर्ने हुन्छ ।

नेपालमा एउटा राम्रो घर बनाउनको लागि नेपाली बजारमा सजिलै उपलब्ध हुने, चाप धान्न सक्ने, बलियो, टिकाउ पाइपको छनोट गर्नुपर्छ । पाइप के कत्तिको राम्रो छन् भन्ने कुरा पाइपमा प्रयोग हुने कच्चा पदार्थ, उत्पादनमा प्रयोग हुने प्रबिधि र आधिकारिक गुणस्तर चिन्ह प्राप्त गरेको छ वा छैन भन्ने कुराबाट थाहा हुन्छ । नेपाली घरहरुमा सबैभन्दा बढी आउने सामान्य समस्या भनेको चुहावट हो, जुन प्लम्बिंगको डिजाइन नमिलेर, फिटिङ्स राम्रोसँग नजोडेर, कम गुणस्तरको पाइप प्रयोग गर्नाले वा पाइपमा काँटी जस्तो धारिलो चिजले हानी पु¥याएमा निम्तिने गर्दछ । चुहावटले घरको आयु घटाउनुको साथै भित्ताबाट पानी चुहिने, भित्ता बिग्रिने, ढल्ने जस्ता समस्या पनि निम्त्याउँछ ।

यस्ता समस्याहरु आउन नदिन घर बनाउनु अगाडि नै सम्भब भएसम्म स्यानिटरी इन्जिनियरलाई अथवा प्लम्बिङ्ग दक्षता हासिल गरेको अनुभवि प्लम्बरलाई बोलाएर प्लम्बिंगको नक्सा कोर्न लगाएर प्लम्बिङ्गको नक्सा तयार गर्न लगाउनुपर्छ । नक्सा तयार भइसकेपछि नक्सा अनुसार नै गुणस्तरीय पाइप छनोट गरेर प्लम्बिङ्ग गर्नुपर्छ र काम नसकिएसम्म काममा खटिएका प्लम्बरहरुकोे काम गर्ने तरिका र सीपको निरीक्षण गर्नुपर्छ । प्लम्बिङ्गकोे काम सकिएपछि अनिवार्य रुपमा प्रेसर टेस्टिङ् गर्नुपर्छ भने जथाभावि रुपमा भित्तामा काँटी ठोक्नुहुँदैन । यदि भित्तामा केहि ड्रिल गर्ने अथवा किला ठोक्ने काम परेमा पाइप नभएको ठाँउमा गर्नुपर्छ ।

विगत २५–३० वर्षदेखि प्लम्बिङ्ग क्षेत्रमा आबद्ध हुनुभएका प्लम्बर बाबुराजा महर्जन आफैँ एक दक्ष र अनुभवि प्लम्बर मात्र नभएर प्रशिक्षक पनि हुनुहुन्छ । आफुले वर्षौँ काम गरेर कमाएको अनुभव नयाँँ पुस्तामा बाँडिरहनुभएको वहाँँ भन्नुहुन्छ “घर धनीहरुले पाइप सम्बन्धि जान्नुपर्ने मुख्य कुराहरु भनेको राम्रो पाइपको छनोट गरिएन भने पाइपहरु फुट्ने र चुहिने हुनसक्छ । त्यसैले यस्ता समस्याहरु आउन नदिन पाइप छनोट गर्दा कन्ट्र्याक्टर र प्लम्बरहरुमा मात्र भर नपरी घर धनी आफैँ सचेत भएर पाइपबारे केही जानकारी राख्दा यस्ता समस्याबाट बच्न सकिन्छ ।”

उपरोक्त जानकारीहरु मंगलम् इन्डस्ट्रिजको तर्फबाट प्रदान गरिएको हो । उच्च गुणस्तरीय जापानिज कच्चा पदार्थ र जर्मन प्रविधिबाट बनेको उत्पादन हुने मङ्गलम पाइप्स २०११ देखि बिभिन्न प्रकारका पाइपहरु उत्पादन गर्दै आइरहेको छ । नेपाल गुणस्तर तथा अन्तरास्ट्रिय क्ष्क्क्ष् गुणस्तर मान्यता प्राप्त मंगलम् इन्डस्ट्रिज प्राइभेट लिमिटेड नेपालको पहिलो ऋएख्ऋ पाइप र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot