Logo

रक्षामन्त्री रिजालको पत्रकार सम्मेलन ४ बजे



काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेद्धवार रहेका डा. मिनेन्द्र रिजालले मतपरीणामअनुसार हार्ने निश्चित् भएपछि नेपाल सरकारको रक्षामन्त्रीको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन् ।

उनले महामन्त्रीको अन्तिम नतिजा आईसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने जनाएका छन् । रिजालले रक्षामन्त्रालयमै आज ४ बजे पत्रकार सम्मेलन पनि आयोजना गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्–‘आज अपरान्ह ४ बजे रक्षा मन्त्रालय, सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रम राखेकोछुस पत्रकार साथीहरूलाई आमन्त्रण गर्दछु।



प्रतिक्रिया दिनुहोस्