काठमाडौं, १ पुस । र्यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत हिजो (बुधबार) सो कुराको जनाकारी दिएका थिए ।
उनले लेखेका छन्, ‘अब युवाकको पालो । हामीले पढे, लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं हामी आफैं बचाउँछौं’ ।
३१ वर्षीय शाहले सिभिल इन्जिनियरिङमा स्तानक तथा स्टङकचरल इन्जिनियरिङ समेत पढेका छन् ।
उनले मेयरमा उम्मेद्वारी दिने घोषणा गरेसँगै युवाहरु उत्साहित भएका छन् ।
उनले यो घोषणा गरेसँगै गायक स्पनिल शर्माले उत्साहि हुँदै आफु शाहको झोला बोक्न तयार रहेको बताएका छन् ।
शर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत युवाहरु राजनीतिमा आउनुपर्नेमा जोड दिदै यस्तो घोषणा गरेका हुन् ।
साथै, सामाजिक सञ्जालमा शाहको पक्षमा हजारौ युवाहरुले समर्थन दिएका छन् ।
उनले स्वतन्त्ररुपमा आफु काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेका हुन् ।