Logo

महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाशको टिप्पणी : कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भयो (फोटोफिचर)



काठमाडौं, १ पुस । नेपाली कांग्रेसका महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माले आफ्नो जित व्यक्तिको जित नभ्एर सिंगो पार्टीलाई रुपान्तरित गर्ने अभियानको प्रारम्भ भएको बताएका । पार्टीको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि पार्टी कार्यालय, सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने–‘मेरो जित, यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो ।’ शर्मासँगै महामन्त्रीमा गगनकुमार थापा विजयी भएका छन्। थापाले अहिलेसम्म विजयी उम्मेद्धवारहरुमध्ये सर्वाधिक मत प्राप्त गरेर जित हाँसिल गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 

 



प्रतिक्रिया दिनुहोस्