Logo

नेप्से आज ३७ अंकले घट्यो, २ अर्बको कारोबार



काठमाडौं, १ पुस । साताको कारोबारको अन्तिम दिन बिहीबार आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से आज ३७ दशमलव ८७ अंकले घटेर २३ सय ७६ दशमलव ७४ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव ८८ अंकले घटेर ४५३ दशमलव ५३ विन्दुमा थामिएको हो ।

बिहीबार आज २२४ कम्पनीको ३७ हजार २३६ पटक शेयर कारोबार भएर २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ रुपैयाँ बराबरको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर खरिद विक्रि भएको हो । आज म्युचुअल फण्ड बाहेक अन्य सबै समुहका सुचक घटेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot