Logo

कांग्रेस महामन्त्रीको अन्तिम परीणाम सार्वजनिक (कसको कति मत ?)



काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । अन्तिम परीणाम अनुसार थापाले ३०२३ मतसहित पहिलो स्थान हासिल गरेका छन् भने शर्माले १९८४ मतसहित दोस्रो स्थानमा विजयी भएका छन् ।

गगनले १४औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत प्राप्त गरेका हुन् । खसेको मतको ६५ प्रतिशत भन्दा बढी थापाले मत पाएका छन् भने शर्माले ४२ प्रतिशत मत प्राप्त गरेका छन् ।

महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए। प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गरेका छन् । थापा शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका हुन।  कोइराला प्यानलका अर्का उम्मेदवार रिजाल भने पराजित भएका छन् । त्यस्तै, शर्माले प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्