Logo

प्रधानमन्त्री देउवा र दाहालबीच भेट



काठमाडौं, पुस २। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आज विहान भेटवार्ता भएको हो । भेटमा राजदूतहरूको नियुक्ति र अन्य समसामयिक विषयमा पनि छलफल भएको जनाईएको छ ।

यसअघि देउवा सभापतिमा निर्वाचित भएलगत्तै प्रचण्डले टेलिफोनमार्फत् शुभकामना दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्