Logo

पहिलो इनिङ्समा डगआउट भएका देउवाले दोस्रो इनिङ्समा हाफ सेन्चुरी हान्नुहुन्छः धनराज गुरुङ (भिडियोसहित)



काठमाडौं, २ पुस । नेपाली काँग्रेसका नवनिवार्चित उपसभापति धनराज गुरुङले पहिलो इनिङ्समा डग आउट भएका प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो इनिङ्समा हाफ सेन्चुरी हान्ने आशा व्यक्त गरेका छन् ।

हिजो (बिहिबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले प्रधानमन्त्री देउवालाई त्यो यात्रामा आफुहरुको पनि साथ रहने बताएका हुन् ।

उनले रुपान्तरण भनेको कुनै शब्दजाल मात्र नभएको भन्दै रुपान्तरणलाई व्यबहारमा परिणत गर्ने जिम्मेवारी आफुहरुकै रहेको बताए ।

यस्तै, उनले नेपाली काँगेस रुपान्तरणको पक्षमा नवनिर्वाचित पदाधिकारीहरुले विषेश भुमिका निर्वाह गर्ने दाबी गरे ।

 



प्रतिक्रिया दिनुहोस्