Logo

नवनिर्वाचित उपसभापति खड्काले दिए महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद



काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका पुर्णबहादुर खड्काले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् । शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएका नवनिर्वाचित उपसभापति खड्काले आफुलाई विजयी गराउने सबैलाई धन्यवाद दिएका हुन् ।

खड्का र धनराज गुरुङ कांग्रेस उपसभापतिकामा विजयी भएका हुन् भने विजयकुमार गच्छदार झिनो अंकले पराजित भएका थिए । गुरुङ शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए । सुजाता कोइराला, डा.चन्द्र भण्डारी, दिव्यश्वरी शाह, महेश आचार्य पनि पराजित भएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘प्रदेश सभापति, जिल्ला सभापति, क्षेत्रिय सभापति, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि लगायत सम्पुर्ण शुभचिन्तक साथीहरुमा ह्दयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्