Logo

अफगानिस्तानको अवस्थाबारेमा गम्भीर हुन पाकिस्तानद्धारा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण



२ पुस : पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको अवस्थाका बारेमा सोच्न विभिन्न विश्व समुदायलाई आग्रह गरेका छन् । पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले सो आग्रह गरेका हुन् । उनले पाकिस्तानको अवस्था निकै नाजुक रहेकाले यस विषयमा सबैले सोच्नुपर्ने बताएका हुन् । उनले अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन्समा बोल्दै सो धारणा राखेका हुन् । उनले सो ओआइसीको बैठकमा बोल्दै भने– मलाई लाग्छ अफगानिस्तानको अवस्था निकै नै गम्भीर छ, यसमा विश्वका देशहरुले सोच्नुपर्छ ।

उनले अफगानिस्तानमा दुई वर्षदेखिको खडेरीका कारण राम्रो उब्जनी पनि नभएको र त्यहाँका नागरिकले राम्रोसँग खाना र औषधि समेत नपाएको अवस्था रहेकोतर्फ सबैको ध्यानाकर्षण गराए । त्यहाँ आर्थिक मन्दी छाएको, त्यहाँका सरकारी कर्मचारीले तलब समेत नपाएका तथा पछिल्ला समयमा तालिबानहरुको शासनका कारण पनि त्यहाँका नागरिकका अधिकारहरु खोसिएको उनले बताए ।

यस्तो अवस्थामा विदेशी दाता राष्ट्र तथा निकायहरुले अफगानिस्तानका लागि मानवीय सहायता उपलब्ध गराउनुपर्ने पनि उनले जानकारी दिएका हुन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot