Logo

पार्टीमा ४० प्रतिशतको धन्दा चलाउदैनौं, विधानको शासन स्थापित गर्छौंः गगन थापा (भिडियोसहित)



काठमाडौं, २ पुस । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री गगन कुमार थापाले नेपाली काँग्रेस पार्टीमा विधानको शासन स्थापित गर्नु नवनिर्वाचित पदाधिकारीहरुको पहिलो काम रहेको बताएका छन् ।

महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवासँगको सम्बन्ध सहयोग र संघर्षको हुने बताउदै आफुहरुले ४० प्रतिशतको धन्दा नचलाउने दाबी गरे ।

हिजो (बिहिबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले पार्टी सभापति देखि कार्यकर्ता सम्म सबैले विधानलाई मान्ने बनाउन आवस्यक रहेको बताएका हुन् ।

यस्तै, आफुले तयार पारेको कार्यक्रम ‘समुनत नेपाली सम्मानित नेपाली’लाई पार्टी भित्र छलफल गराउने जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्