Logo

कांग्रेस सहमहामन्त्री मतगणनाः पिछडिएको क्षेत्रतर्फ पाण्डेको अग्रता



काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा अहिले ११ बजेदेखि मत गणना सुरु भएको हो ।

पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री  पदको हालसम्म ११३ मतगणना हुँदा डा. शेखर कोइरालातर्फका उम्मेदवार बद्री पाण्डेले ६४ मत प्राप्त गरेका छन् । जीवनबहादुर शाहीले ४७ मत प्राप्त गरेका छन् । कांग्रेसका सहमहामन्त्री पदको ८ क्लस्टरमध्ये तीनको हिजो नै मतपरीणाम आइसकेको छ ।

समितिको अनुसार आज मुस्लिम, मधेसी र खस आर्यतर्फ, थारु र पिछडिएको क्षेत्रको तर्फबाट मतगणना भइरहेको हो । शुक्रबार पाँच ठाउँमा मतगणना हुनेछ ।

मधेसीतर्फ महेन्द्र यादव, रञ्जीत कर्ण, रामकृष्ण यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकिल त्यस्तै, खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे प्रतिस्पर्धामा छन् । यस्तै थारुबाट देउवा प्यानलबाट उमाकान्त चौधरी र कोइराला प्यानलबाट तेजुलाल चौधरी प्रतिस्पर्धामा छन् ।

 



प्रतिक्रिया दिनुहोस्