Logo

काँग्रेस सहमहामन्त्रीको मधेशीतर्फ महेन्द्र यादव अगाडि



काठमाडौं, २ पौष । नेपाली काँग्रेसको मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादवले अग्रता बढाएका छन् । उनले ५३० मत पाउँदा रामकृष्ण यादवले ३९१ मत पाएका छन् ।

सहमहामन्त्रीमा रन्जित कर्णले १०८ मत पाएका छन् । कर्णले मनोनयन दर्ता गरेपनि पछि फिर्ता लिदै शेखर कोइराला पक्षका उम्मेदवारलाई सघाउने घोषणा गरेका थिए । रामकृष्ण यादव शेखर कोइराला समूहका उम्मेदवार हुन् ।

महेन्द्र यादव सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot