Logo

रिभरसाईड होटल एण्ड लजमा कोठी चलाउने दुई पक्राउ



काठमाडौँ, २ पुस: इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजमा महिलाहरु राखी बेश्याबृत्ति गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका–५ बस्ने २० वर्षीय मिनराज पराजुली रहेका छन् ।

उक्त होटल एण्ड लजमा वेश्यावृत्ति कार्य गराउँदै आएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले होटलबाट पीडितलाई उद्दार गरी उक्त कार्यमा संलग्न लेप्चा र पराजुलीलाई पक्राउ गरेको हो। उनीहरु उपर मानव बेचबिखन मुद्दा शीर्षकमा जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लजलाई नै उनीहरुले कोठी बनाएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्