काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको केन्द्रीय सदस्य पदको मतगणना पनि आजै हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले सहमहामन्त्रीको मतगणना सकिएलगत्तै शुक्रबार नै केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने जनाएको छ ।
समितिको अनुसार सबैभन्दा पहिला मधेसी महिला केन्द्रीय सदस्यको मतगणना हुनेछ । मधेसीतर्फबाट ४ पदमा ५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । खुला केन्द्रीय सदस्यको भने भोलि शनिबार मात्रै मतगणना हुने भएको छ ।