Logo

“केशव बडाल सल्लाहकार परिषद्मा बस्न हुने, भीम रावल नहुने ?”



काठमाडाैं, ३ पुस । नेकपा एमालेकाे केन्द्रीय अनुशासन आयाेगका अध्यक्ष केशव बडालले पार्टीका नेता भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्काे सदस्यमा मनाेनीत गरिएकाे बताएका छन् । नेपाली रेडियाे नेटवर्क (एनआरएन) काे रेडियाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “भीम रावललाई पार्टीमा जिम्मेवारीविहीन बनाइएकाे साँचाे हाेइन ।अध्यक्षबाहेककाे पदमा बस्दिनँ भनेपछि उहाँलाई केन्द्रीय सल्लाहकार परिषद्काे सदस्यमा मनाेनीत गरिएकाे छ ।”

भीम रावललाई सल्लाहकार परिषद्मा मनाेनयन अपमान हाेइन र भन्ने पत्रकार धमलाकाे प्रश्नमा उनले थपे, “याे पनि महत्त्वपूर्ण जिम्मेवारी हाे । म पनि हिजाे सल्लाहकार परिषद्मै थिएँ । अहिले अमृत बाेहाेरा हुनुहुन्छ । केशव बडाल बस्न हुने, भीम रावल बस्न नहुने त हाेइन हाेला । सल्लाहकार परिषद्का सदस्य राजेन्द्र गाैतम अहिले स्थायी समितिमा आउनुभएकाे छ । पार्टीमा उहाँकाे भूमिका हुनुपर्छ भनेर तपाईंले साेध्नुभयाे, मैले पनि जवाफ दिएँ । भाेलि उहाँकाे भूमिका बढ्छ ।”

पार्टीमा मनपरी बाेल्ने छुट कसैलाई नहुने बडालकाे जिकिर छ । उनले भने, “पार्टीकाे निर्णय भइसकेपछि त्यसलाई मान्नु हरेक सदस्यकाे कर्तव्य हाे । अनुशासन नमान्ने छुट कसैलाई छैन । जतिसुकै महान् व्यक्तिले पनि अनुशासन मान्नुपर्छ । मनपरी बाेल्नेले पार्टी सदस्यताबाट बिदा लिनुपर्छ ।” के भीम रावलमाथि अनुशासनकाे कारबाही हुन्छ भन्ने अर्काे प्रश्नमा बडालले भने, “दसाैं महाधिवेशनपछि भीम रावलले कारबाही गर्ने तहमा बाेल्नुभएकाे छैन । पार्टीका कमी-कमजाेरी सुधार्नुपर्छ त म पनि भनिरहेकै छु नि ।”

नेकपा एमालेले कारबाही गरेका १४ सांसदकाे सूचना टाँस नगरेर सभामुख अग्नि सापकाेटाले गम्भीर अपराध गरेकाले संसद् अवरोध गर्नुपरेकाे उनकाे जिकिर छ । उनले भने, “कि उनले अपराधकाे करेक्सन गर्नुपर्याे कि पदबाट बिदा लिनुपर्याे ।अरू विकल्प छैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot