Logo

राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्था सुधार गर्न सहयोग गर्ने



३ पुस : संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्थाको सुधार गर्नका लागि सहयोग गर्ने बताएको छ । त्यहाँका महिला र बालबालिकाको अवस्था कमजोर रहेको भन्दै सो सहयोग गर्ने भएको हो । लेबनानका राष्ट्रपतिको कार्यालयले संयुक्त राष्ट्रसंघले सो सहयोग गर्न लागेको कुरा शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।

बालबालिकाविरुद्धको हिंसाको अन्त्य गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि नाजात माला मिजीदले संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाका लागि सहयोग गर्न लागेको कुराको जानकारी दिएका हुन् । उनले भनेका छन्– यहाँका महिला र बालबालिकाको अवस्थाको विकास गरी उनीहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि संयुक्त राष्ट्रसंघले यो सहयोग गर्न लागेको हो ।

उनले लेबनानमा पनि कोभिड १९ को महामारीका कारण यहाँका महिला र बालबालिकामा असर गरेकाले त्यसका लागि सहयोग गरिने बताए ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot