Logo

नेपाल बारको चुनाव एक वर्ष पछि धकेल्ने षड्यन्त्रसहित छलफल सुरु



काठमाडौं, ३ पुष । नेपाल बार एशोसिएशनको चुनाव एक वर्षपछि सार्नेगरि छलफल गरिएको पाईएको छ । वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले नै यसको लागि छलफल थालेको विशेष सूत्रको दाबी छ । हिजो राति कुपण्डोलमा यसबारेमा अध्यक्ष श्रेष्ठ, बारका महासचिव लिलामणि पौडेल र बारका केही पूर्व अध्यक्षहरुबीच यस विषयमा छलफल भएको जनाईएको छ ।

बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई असंवैधानिक तवरले हटाउन खोजेको थियो । तर, प्रधानन्यायाधीशले आफू संवैधानिक तवरले आएकोले हटाउने भए संवैधानिक बाटो अपनाउन चूनौति दिएका थिए । सर्वोच्च अदालतका केही न्यायाधीशहरुको र बारका अगुवाहरुको निहित स्वार्थका कारण आन्दोलन भएको थियो । तर, अहिले आन्दोलन पनि तुहिएको छ।

अहिले बारले लगातार बैठक स्थगित गर्न थालेको छ । हालै बारको कार्य समिति बैठकमा असार २८ को फैसलामा संलग्न संवैधानिक इजलासका पाँचै न्यायाधीशको बहिर्गमन र बार–बेञ्च समन्वय समितिमा बारको तर्फबाट पठाइएका चारजनालाई फिर्ता बोलाउनुपर्ने प्रस्ताव पेश भएपछि अध्यक्ष श्रेष्ठले बैठक स्थगित् गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्