Logo

भीम रावलले भने–मलाई नसोधी कुनै पदको टीका लगाईदिनु आपत्तिजनक छ



काठमाडौं, ३ पुष। नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूलाई पार्टीको केन्द्रीय परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । उनले आफूलाई नसोधी कुनैपनि पदको टीका लगाईदिनु आपत्तिजनक रहेको सुनाए । उनले यस्तो टीके प्रणाली जबज र लोकतान्त्रिक मान्यताको विपरित हुने पनि बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-“मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।”



प्रतिक्रिया दिनुहोस्