Logo

अर्थतन्त्र निर्माणका लागि विद्युत्‌को खपत बढाउनुपर्छ : ऊर्जामन्त्री भुसाल



काठमाडौँ, ३ पुस: ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि विद्युत्‌को खपत बढाउनुपर्ने बताएकी छिन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा मन्त्री भुसालले अहिले नेपालमा सरकारले विद्युत् महसुल घटाएको भन्दै त्यसको उपयोग गरेर राष्ट्रिय अर्थतन्त्र मबजुद बनाउन र व्यापार घाटा कम गर्न उनले आह्वान गरेकी हुन्।

उनले विद्युतीय यातायातका साधनहरूको प्रयोग बढाउन पनि व्यवसायीलाई आग्रह गरेकी छिन् । उनले भनिन्, ‘भान्सामा प्रयोग गर्ने एलपी ग्याँस होस वा उद्योग, कलकारखानामा प्रयोग गर्ने ऊर्जाको क्षेत्रमा होस् । अझ बढी यातायातको क्षेत्रमा विद्युतीय यातायातका साधनहरूको प्रयोग बढाऔं । जसबाट वातावरणलाई स्वच्छ बनाउन सकिन्छ । सस्तो विद्युत् प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिन्छ । यसले असन्तुलित व्यापार घाटालाई न्यूनीकरण गर्न पनि सकिन्छ।’

मन्त्री भुसालले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत् पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाउन आग्रह गरेकी छिन् । उनले सरकारले विद्युत्‌को खपत बढाउन विद्युतको महशुल दर समेत घटाएको बताइन् । ‘आफ्नै देशको जलस्रोत हो । यसबाट उत्पादित भएको बिजुली सस्तो हुनुपर्छ भनेर मैले महसुल पनि घटाएको जानकारी गराउँदछु । ऊर्जाको क्षेत्रमा विद्युत्‌को उपयोग गर्नुस् भनेर अपील गर्न चाहन्छु,’ उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्