Logo

बैवाहिक समारोहमा जान लागेको बस दुर्घटना हुँदा पाकिस्तानमा ९ को मृत्यु, कैयौँ घाइते



३ पुस : पाकिस्तानमा एक बैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पु¥याइएको छ । शुक्रबार राति पञ्जाव प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो ।

विबाहको भोजमा सहभागी हुन जान लागेको बस सडकबाट तल खसेको थियो । यसमा परेर घाइते भएकाहरुको अवस्था निकै नै गम्भीर रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार ती घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या थप बढ्न सक्ने पनि प्रहरीले जनाएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot