Logo

‘बुस्टर डोज नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध ८० प्रतिशत प्रभावकारी’



एजेन्सी, ३ पुस। कोभिड-१९ को बूस्टर डोजले नयाँ भेरियन्ट ‘ओमिक्रोन’विरुद्द ८० प्रतिशत प्रभावकारी हुने एक अनुसन्धानले देखाएको छ । बूस्टर डोजले गम्भीर बिरामी हुनबाट जोगाउने उक्त अध्ययानले देखाएको हो । बूस्टर डोज कोरोनाको अघिल्ला भेरियन्ट भन्दा कम प्रभावकारी हुने बीबीसीमा खबर छ । तर, बूस्टर डोजले ओमिक्रोन लागिहाले पनि अस्पताल भर्ना हुनबाट जोगाउने बताइएको छ ।

बेलायतका अनुसन्धानकर्ताहरुले यस्तो तथ्य निकालेका हुन् । कोरोना भाइरस विरुद्द बनाइएका खोपहरु धेरै पटक उत्परिवर्तन भएर आएको ओमिक्रोन विरुद्द पूर्ण रुपमा प्रभावकारी नहुन सक्ने बताइएको छ ।

अहिले प्रयोगमा आएका खोपहरु सुरुमा देखिएको कोरोना भाइरस विरुद्द बनाइएका खोपहरु हुन् । उत्परिवर्तित भाइरस विरुद्द खोपहरु बनेका छैनन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्