Logo

सशांकले कति मत ल्याउलान् ?



काठमाडौं, ३ पौष । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको खुल्लातर्फको मतगणना जारी छ । मतगणनामा डा. सशांक कोइरालाले अग्रता लिएका छन् ।

१३औं महाधिवेशनमा महामन्त्री निर्वाचित कोइरालाले यसपटक पदाधिकारीमा उम्मेदवारी दिएनन् । केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनी तीनवटा प्यानलमा परे ।

भापति शेरबहादुर देउवा, सभापतिका उम्मेदवारहरु डा. शेखर कोइराला र प्रकाशमान सिंहको प्यानलमा उनी पहिलो नम्बरमा नाम राखिए ।

तीनवटै प्यानलमा नाम राखिएकाले सशांकको सर्वाधिक मत आउने अनुमान गरिएको छ । उनी कुनै पनि समूहमा नखुली तटस्थ बसे ।

कोइराला परिवारका शेखर कोइराला सभापति र अर्को प्यानलबाट सुजाता कोइराला उपसभापतिमा उम्मेदवार बनेपनि सशांक खुलेनन् ।

काँग्रेस संस्थापक नेता वीपी कोइरालाका पुत्र सशांकलाई १४औं महाधिवेशनमा सभापतिको आकांक्षी मानिएको थियो । तर, उनी पछि हटे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot