काठमाडौँ, ३ पुस । नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशको कार्यसमितिले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित उपसभापति र महामन्त्रीलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएको छ ।
खेलकुद संघ बाग्मती प्रदेशको तर्फबाट आज (शनिबार) १४औँ महाधिवेशनबाट निर्वाचित सभापति पूर्ण बहादूर खड्का, धनराज गुरुङ र नव–निर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापालगायत बग्मती प्रदेशका सभापति इन्द्र बानियाँलाई सफल कार्यकालको शुभकामना दिएको अध्यक्ष दीपक गुरुङले बताएका हुन् ।
निर्वाचित उप–सभापति र मह–मन्त्रीलाई शुभकामना प्रदान गरेसँगै बाग्मती प्रदेशलगायत अधिराज्य भरका खेलकुद क्षेत्रको विकास र उक्त क्षेत्रमा विशेष चासो दिन छलफल गरेको उनले बताए ।
मुलुकभर खेलकुदको अवस्था जिर्ण बन्दै गएको र खेलकुद क्षेत्रमा युवा पुस्ता निराश हुँदै गएको प्रति कांग्रेसका उपसभापति र महामन्त्रीलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मति प्रदेशको कार्यसमितिले ध्यान दिन आग्रह गरेको खेलकुद संघ बाग्मती प्रदेशका सदस्य शंकर धमलाले बताएका छन् ।