काठमाडौं, ३ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले पहिलो जित निकालेको छ ।
शनिबार दशरथ रंगशालामा भएको पहिलो खेलमा च्यासल युथ क्लबविरुद्ध १–० गोलले पराजित गर्दै जावलाखेलले पाँचौं चरणमा पहिलो जित निकाल्न सफल भएको हो ।
खेलको ३७औं मिनेटमा निकोलस फर्नान्डेजले गोल गर्दै सुरुवाति अग्रता दिलाएको थिए । जुन गोल जितको लागि प्रयाप्त रहेको थियो ।
५ खेल खेलेको च्यासलको ४ अंक रहेको छ भने पहिलो जित निकालेको जावलाखेलको पनि ४ अंक पुगेको छ ।
जावलाखेल १० औं स्थानमा उक्लिएको छ भने च्यासल ११ औं स्थानमा रहेको छ ।