Logo

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, एमसीसीबारे साझा धारणा बनाउने



काठमाडौं, ३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (आइतबार) को लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार सर्वदलीय बैठक भोलि अपरान्ह ४ बजेका लागि बोलाईएको छ । हिजोमात्रै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेर सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए ।

पछिल्लो समय एमसीसी सम्झौता संसद्बाट पारित गराउने चर्चा चलिरहेको बेला प्रचण्डले भने यसबारेमा सर्वदलीय बैठक राखेर साझा धारणा बनाउनुपर्ने बताएका छन् । सोहीअनुसार उनले हिजो प्रधानमन्त्री देउवालाई भेटेर यस्तो सुझाव दिएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्