Logo

चाडपर्वले सामाजिक सद्भाव कायम राख्ने विश्वास



काठमाडौं, पुस ४ । सभामुख अग्निप्रसाद सापकोटाले किराँत समुदायभित्रका राई, लिम्बू, याख्खा, सुनुवार, थामी, सुरेल, हायु लगायतले मनाउने उधौलीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

यो किराँत चाड (उधौली साकेला, चासोक तङनाम, चासुवा, श्याँदर पिदार, भूम्या) मा विशेष गरी प्रकृतिको पूजा र पूर्वजहरुका सम्झना तथा सम्मान गरिन्छ । मानव सभ्यता र जीवनजगत्का विविध गतिविधिलाई आधार मानेर साकेला सिली नाच्ने चलन छ । उधौली हिमाली र उच्च पहाडी भागबाट पशुपन्छीसहित बेसी भागमा सर्ने समय पनि हो ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषतायुक्त हाम्रो देशमा यसरी मनाइने चाडपर्वहरु परिवार एवं आफन्तजनसँग भेटघाट तथा मिलनका अवसरहरु पनि हुन् । यस्ता अवसरहरुले आपसी सद्भाव र सामाजिक एकता कायम राख्न मद्दत गर्दै आएका जारी शुभकामना संदेशमा उल्लेख छ।

शुभकामनामार्फत नेपालसहित विश्वव्यापीरुपमा देखापरेको जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक असरहरु कम गर्न एवं प्राकृतिक सम्पदाको व्यवस्थित एवं दिगो प्रयोग गर्न प्रकृतिप्रति समर्पित यस्ता चाडपर्वले आम नागरिकमा प्रेरणा मिल्ने विश्वाससमेत गरिएको छ ।
त्यस्तै, नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले पनि योमरी पुन्ही तथा १८ औँ ज्यापू दिवसको शुभकामना दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्