Logo

सिटिजन्स बैंकका ग्राहकलाई ऐना युनिसेक्सको सेवामा विशेष छुट



काठमाडौं, ४ पुस । सिटिजन्स बैंक इन्टरनेशनलले ऐना युनिसेक्स सैलुनसँग सम्झौता गरेको छ । दुई कम्पनीबीच बैंकको कार्डवाहकलाई विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

बैंकको अनुसार सम्झौतापछि बैंकका कार्डवाहकले ऐना युनिसेक्स सैलुनको सेवा–सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई बैंकले तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्