Logo

सत्ता गठबन्धनसँग बहुमत छ भने एमसीसी पारित गरेर देखाउ: शेरबहादुर तामाङ



काठमाडौं, ४ पुस । नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले आफ्नाे पार्टीले सर्वदलीय बैठकभन्दा सत्तापक्ष र प्रतिपक्षकाे बैठक चाहेकाे स्पष्ट पारेका छन् ।

नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “प्रधानमन्त्रीले ज-जसलाई बाेलाउनुभएकाे हाे, उनीहरू जाऊन् । एमाले अवैधानिक दललाई बाेलाइएकाे बैठकमा सामेल हुँदैन । तर नेकपा एमाले सत्तापक्षसँगकाे बैठकका लागि तयार छ ।”

नेता तामाङले रूपमा एमालेले संसद् अवराेध गरेकाे देखिए पनि सारमा सत्तापक्षले नै संसद् अवराेध गरेकाे आराेप लगाए ।

उनले भने, “संसद् चलेकाे छ । हामीले शालीन ढंगले विराेध गरिरहेका छाैं । पेलेर कतिञ्जेल चलाउने ?” सत्ता गठबन्धनसँग बहुमत छ भने एमसीसी पारित गरेर देखाउन उनले चुनाैती दिए । उनले थपे, “बहुमत भए एमालेसँग किन हार गुहार मागेकाे ?”



प्रतिक्रिया दिनुहोस्