Logo

माइती जानेक्रममा भीरबाट लडेर दम्पत्तिको मृत्यु



गुल्मी, ४ पुस । भिरबाट लडेर एक दम्पत्तिको मृत्यु भएको छ । भिरबाट लडेर गुल्मीको मुसिकोट–१ सिम्लेका मनु सार्की र ज्ञानु सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दम्पत्ति सामुदायिक वनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए । स्थानियको सहयोगमा प्रहरीले उनीहरुको उद्धार गरेर उपचारको लागि अस्पताल लगेको थियो ।

ससुराली (माइती) जान हिडेका दुवैजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । अहिले मृतक दम्पत्तिको शव गुल्मी अस्पतालमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्