Logo

कैलालीमा फेरी युवकको घाँटी रेटेर हत्या



कैलाली, ४ पुस । कैलालीमा फेरी अर्का एक युवकको घाँटी रेटेर हत्या भएको छ । टिकापुरका भुपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउदै फेरी अर्का युवकको विभत्स हत्या भएको हो । जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव शनिबार फेला परेको हो ।

हत्यामा सम्लग्नहरु भने अहिलेसम्म पक्राउ परेका छैनन् तर हत्यामा संम्लग्नहरुको टेलिफोन सम्बाद भने गोप्यरुपमा सार्वजनिक भएको छ । संवादमा हत्या गरेर हत्याराहरु भारत बैङलुरु जान लागेको बताइरहेका छन् ।

मृतक र ती समुहको कनेक्सन लागुऔषध भएको हुनसक्ने भन्दै प्रहरीले दासको लागुऔषधकै कारण निर्मम हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।दास साथीसँग जाने भन्दै घरबाट बाहिरिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot