Logo

कैलालीका अटोरिक्सा चालक आन्दोलित



काठमाडौं, ४ पुस । कैलालीमा जोरबिजोर प्रणाली लगाएको विरोधमा अटोरिक्सा चालकहरु आन्दोलित भएका छन् । चालकहरुले जोरबिजोरको खारेजीको माग गर्दै आइतबार धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

जोरबिजोर प्रणालीले मजदुरहरु थप मर्कामा परेको आन्दोलित पक्षको भनाई छ । लाइसेन्स सिस्टमलाई व्यवस्थित गरी संचानल गर्नुपर्ने उनीहरुको माग छ । मजदुरहरुको अनिश्चितकालिन आन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यक्रम रहेको छ ।

कैलाली जिल्ला ट्राफिक कार्यालयले पुस १ गतेदेखि लागु हुनेगरी अटोरिक्सामा जोरबिजोर प्रणाली लागु गरेको हो ।



प्रतिक्रिया दिनुहोस्