Logo

विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन : कमल थापा



काठमाडौँ , ४ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने नभए विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन भन्दै टिप्पणी गरेका छन् । उनले सामाजिक सन्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।

थापाले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्स्थापनाको एकमात्र बाटो हो। बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन । सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’ विदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन नसकिने उनले बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्