एजेन्सी, ४ पुस । कोरोना भाइरसले पछिल्लो समयमा बलिउडमा पनि तहल्का मच्चाएको छ । केही दिन अगाडी बलिउडका कलाकारहरु करिना कपुर, अमृता अरोरा, सीमा खान, महिप कपुर र शनाया कपुर पनि कोरोना संक्रमित भएका थिए । यी सबै कलाकार अहिले क्वारेन्टिनमा बसिरहेका छन् ।
डाक्टरको सल्लाहमा करिना पनि सानो बच्चा र श्रीमानसँग अलग बसिरहेकी छिन् । यसक्रममा उनले साना छोराहरुलाई धेरै नै मिस गरिरहेकी छिन् । उनले छोराहरुलाई भेट्न नपाएको पीडा सामाजिक सञ्जालमा पोखेकी छिन् ।
उनले कोरोनालाई घृणा गर्दै आफ्ना बच्चाहरुलाई चाँडै नै भेट्नेबारेमा आशावादी रहेको उल्लेख गरेकी छिन् । सबै कलाकारहरु एउटा पार्टीमा सहभागी भएपछि कोरोना संक्रमित भएका थिए । सबैमा हल्का लक्षण देखिएको थियो ।