Logo

दुर्लभ जिउँदो सालक सहित पक्राउ



काठमाडौं, ४ पुस । दुर्लभ जिउँदो सालक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ मरुछासपाखा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-६ लिफ्‍टुङ ठेगाना भएका २६ वर्षीय उद्धव थामी ३ केजी तौल भएको प्रतिबन्धित दुर्लभ जिउँदो सालक सहित बिहीबार पक्राउ परेका हुन् ।

काठमाडौं मरुछासपाखा एरियामा केही व्यक्तिहरुले दुर्लभ सालक अवैध रुपमा बिक्री वितरण गर्नको लागि लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मरुछासपाखास्थित थामीको डेराबाट करिब १ करोड १० लाख रुपैयाँमा बिक्री गर्ने उद्देश्यले लिई आएको उक्त सालक फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot