Logo

मलंगवामा नेपाल निजामती कर्मचारी युनियन सर्लाहीको आठौँ जिल्ला अधिवेशन सम्पन्न



बखतियार अलि-सर्लाही,पुस ३।  नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सर्लाहीको आठौँ जिल्ला अधिवेशन जिल्लाको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।उक्त अधिवेशनबाट नयाँ  अध्यक्षतसहित विभिन्न पदमा नयाँ पदाधिकारीहरु सर्वसम्मति बाट चयन गरिएको छ ।
आठौं अधिवेशनको अवसर पारेर भर्खरै जागिरबाट अवकाश हुनुभएका युनियनका सदस्यद्वय  जलश्रोत तथा सिंचाइका इन्जिनियर राधेश्वर प्रसाद साह र बागमती सिंचाइका नायब सुब्बा ढुंडीराज खतिवडालाई प्रमुख अतिथि महिला तथा बालबालिका मन्त्री विरेन्द्र प्रसाद  सिंहले दोसल्ला ओढाएर कदर बाट सम्मान गरेका छन् ।
कार्यक्रममा युनियन जिल्ला कार्यसमिति सर्लाहीका अध्यक्ष कपिलदेव साहकोअध्यक्षता,प्रदेश न-२ का महिला तथा बालबालिका मन्त्री सिंहको प्रमुख अतिथ्यता,प्रदेश न-२ का सचेतक तथा जनता आवासका अध्यक्ष एवं प्रदेश सांसद उपेन्द्र प्रसाद कुशवाहा तथा युनियनका केन्द्रीय कार्यसमितिका अध्यक्ष गोपाल प्रसाद पोखरेलको  बिशिष्ट आथित्यता रहेको कार्यक्रममा मलंगवा नपाका मेयर निरसल साह, उपमेयर शान्ती मिकरानी,प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा लगायत  विभिन्न जिल्ला युनियनका कार्यसमिति अध्यक्ष,युनियनका सदस्यहरुको उपस्थिति रहेको सो कार्यक्रमको संचालन हरिकांतलाल कर्णले गरेका थिए भने स्वागत मन्तव्य सचिव युगल किशोर साहले राखेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot