Logo

सर्वदलीय बैठक सुरु, एमालेबाहेक सबै दलका प्रतिनिधिहरु सहभागी



काठमाडौं, ४ पुस । एमसीसी सम्झौताबारे छलफल गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरु सभागी छन् ।

तर, प्रमुख प्रतिपषी दल नेकपा (एमाले) बाट भने कोही पनि नेताहरु सहभागी छैनन् । पछिल्लो समय एमसीसी संसद्मा पेश गर्ने चर्चा चलिरहेको बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत सहभागी रहेको जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्