Logo

सानिमा बैंकको सीईओमा पाण्डे



काठमाडौं, ४ पुस । सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले पाण्डेलाई माघ १२ देखि लागू हुने गरेर सीईओमा नियुक्त गरेको जनाएको छ । वर्तमान सीइओ भुवन दाहालको कार्यकाल माघ ११ गते सकिदै छ ।

पाण्डेलाई सीइओ बनाउनको लागि नै केही दिन अगाडि बैंकले डेपुटी सीइओमा बढुवा गरेको थियो । पाण्डेलाई दाहालले सीइओ बनेपछि नबिल बैंकबाट ल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot