Logo

कांग्रेस केन्द्रीय सदस्यमा गणेश लामा विजयी



काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा गणेश लामा विजयी भएका छन् । आइतबार राति सम्पन्न खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादु देउवापक्षको वर्चश्व रहेको छ । ३५ जना चयन गर्नका लागि भएको मतगणनामा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमध्ये ९ जना मात्र शेखर कोइराला पक्षकाले जितेका छन् ।

३५ जनामा देउवापक्षबाट निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेको ठेकेदार जीपछिरिङ लामा निर्वाचित भएका छन् । उता, गणेश लामा पनि निर्वाचित भएका छन् । उनी पनि देउवा पक्षका उम्मेद्धवार हुन् । कांग्रेसमा उनी उपसभापतिमा पराजित विजयकुमार गच्छदार निकट हुन् । गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot