Logo

कांग्रेस महाधिवेशनः ३५ जना केन्द्रीय सदस्यमा १६ नयाँ अनुहार



काठमाडौं, पुस ५ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गतको मतपरिणामअनुसार खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित बनेका छन् । कांग्रेस विधानमा ३५ जना केन्द्रीय सदस्य खुला समूहतर्फबाट निर्वाचनमार्फत चुनिने व्यवस्था छ । २४ मंसिरमा सुरु भएर २८ मंसिaaरमा कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भएको थियो भने निर्वाचनको मतपरिणाम भने अझै आउने क्रममा नै छ ।

कांग्रेसको आइतबार गणना सकिएको खुलातर्फको केन्द्रीय सदस्यहरूको परिणामअनुसार निवर्तमान महामन्त्री डा। शशांक कोइरालाले केन्द्रीय सदस्यतर्फ सर्वाधिक मत पाएका छन् । उनीपछि नेता एनपी साउद, गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँण, तरुण दलका पूर्वअध्यक्ष उदयशमशेर राणाले क्रमशः मत पाएका छन् ।

यसैगरी, त्यसपछिका क्रममा रामहरि खतिवडा, रमेश लेखक, सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारीलगायतले बढी मत पाएका छन् ।

मत परिणामअनुसार खुलातर्फबाट चुनिने ३५ जनामध्ये सभापति शेरबहादुर देउवा पक्षका २५ जना र सभापतिका उम्मेदवार रहेका डा शेखर कोइराला पक्षका नौ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिमा ३५ जना खुलातर्फ निर्वाचित हुँदा १६ जना नयाँ अनुहार भित्रिएका छन् । ३५ जनाका लागि ९९ जना प्रतिस्पर्धामा रहेकोमा १६ जना भने नयाँ अनुहार विजयी भएका हुन् ।

उदयशमशेर राणा, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जयकुमार गौतम, डा। गोविन्दराज पोखरेल, राजीव ढुंगाना, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे र मोहन आचार्य कांग्रेस केन्द्रीय सदस्यमा विजयी नयाँ अनुहार हुन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot