Logo

क्रिसमस यात्राले ओमिक्रोन भेरिएन्टको संक्रमण फैलन सक्छ: डा. एन्थोनी फौची



एजेन्सी, ५ पुस। वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले क्रिसमस यात्राले ओमिक्रोन भेरिएन्टको संक्रमण फैलन सक्ने चेतावनी दिएका छन् । फौचीले एनबीसी टेलिभिजनको ‘मिट द प्रेस’ कार्यक्रममा कुरा गर्दै ओमिक्रोन भेरिएन्टको संक्रामक दर बढी भएकाले सतर्कता अपनाउनुपर्ने बताएका हुन् । उनले कार्यक्रममा भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘यसमा कुनै शंकै छैन । ओमिक्रोनको संक्रामक दर बढी रहेको छ।’ डा. फौचीले ओमिक्रोन भेरिएन्ट अहिले विश्वभर फैलिइरहेको पनि बताए ।

डा. फौचीले ओमिक्रोनको बढ्दो संक्रमणले अमेरिकाको स्वास्थ्य प्रणालीमा प्रभाव पर्ने बताएका छन् । अहिलेकै अवस्थामा रहने भने अमेरिकी स्वास्थ्य प्रणालीमा निकै दबाब आउने उनको भनाइ छ । खोपको बुस्टर डोज लगाउनका साथै मास्क र सामाजिक दूरीको मापदण्ड पालना गर्न पनि उनको आग्रह छ । ओमिक्रोन भेरिएन्टको संक्रमण रोकथामका लागि अहिले विश्वका विभिन्न देशहरूले कडा स्वास्थ्य मापदण्ड अपनाइरहेका छन् । युरोपेली मुलुकहरू फ्रान्स र जर्मनीले क्रिसमसमा भीडभाड हुन सक्ने भन्दै कडा प्रतिबन्ध लगाएका छन् । यद्यपि जर्मनीमा भने सरकारको निर्णयविरुद्ध व्यापक विरोध भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्