Logo

कुमारी बैंक र फोनपेबीच सहकार्य, अब मोबाईल एपबाट किस्ताबन्दीमा रकम तिर्न पाइने



काठमाडौं, ५ पुस । अब फोनपे पेमेन्ट सर्भिसको नेटवर्कमा कुमारी बैंकको मोबाईल एपबाट किस्ताबन्दीमा रकम तिर्न पाइने भएको छ । एफवानसफ्ट, फोनपे र कुमारी बैकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा दिएको हो ।
यस सुविधामा कुमारी बैंकमा खाता रहेका ग्राहकले क्यूआरमार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सक्नेछन् । यसका लागि ग्राहकले कुमारी बैंकको फोनलोन सुविधाका लागि योग्य हुनुपर्ने बैंकको भनाई छ ।
बैंकको अनुसार कुमारी बैंकको मोबाईल एप्स्मार्फत क्यूआर भुक्तानी गर्दा किस्ताबन्दीमा भुक्तानी गर्ने अथवा तत्काल भुक्तानी गर्ने भन्ने अप्सन देखाउनेछ । उक्त अप्सनबाट ग्राहकले इएमआईमार्फत समेत भुक्तानी गर्न सक्नेछन् । मर्चेन्टलाई भने कुमारी बैंकले तत्कालै रकम भुक्तानी दिनेछ । ग्राहकले किस्ताबन्दीमा तिर्न सक्नेछन् ।
एफ वान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा कुमारी बैंकले गत वर्षदेखि फोनलोन सेवा समेत सुरु गरेको थियो । अहिले फोनपेको क्यूआरमार्फत् उक्त सेवाको लोकप्रियतालाई ध्यानमा राखेर इएमआईसहितको भुक्तानी सेवा सुरु गरेको हो । फोनपे पेमेन्ट सर्भिस नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot