Logo

म्यानमारमा सैनिकद्वारा यातना कायमै, जुलाईमा मात्र ४० जनाको हत्या गरेको खुलासा



एजेन्सी, ५ पुस। म्यानमारको सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन्। म्यानमारको सैनिकले गएको जुलाईमा कम्तीमा ४० जनाको हत्या गरेको खुलेको छ। बिबिसीले गरेको अनुसन्धानमा म्यानमारको सेनाले गएको जुलाईमा शृङ्खलाबद्ध रुपमा आमहत्या गरेको र त्यसमा कम्तीमा ४० पुरुष मारिएको उल्लेख छ।

त्यहाँका सैनिकले गाउँलेहरुलाई घेरेर पुरुषहरुलाई छुट्याई हत्या गरिरहेको प्रत्यक्षदशी तथा बाँच्न सफल भएकाहरुले बताएका हुन् । मारिनेमा १७ वर्षका युवासमेत छन्। हत्याअघि सेनाले उनीहरुलाई गम्भीर यातना दिएका घटनाको भिडियो तथा तस्बिरले देखाएको छ । त्यसपछि उनीहरुलाई गाडिएको देखिएको छ।

म्यानमानरको मध्य क्षेत्रस्थित कानी बजारमा गएको जुलाईमा ती हत्या भएका हुन्। चार घटनामा कम्तीमा ४० जनाको हत्या भएको हो। गएको फेब्रुअरीमा निर्वाचित सत्ता हत्याएर सेनाले शक्ति आफ्नो हातमा लिएसँगै म्यानमारमा सर्वसाधारणले प्रदर्शन गर्दै आएका छन्। ती प्रदर्शनमा सेनाले बल प्रयोग गरेका घटनाहरु निरन्तर सार्वजनिक हुँदै आए पनि सत्तामा रहेको सेनाले व्यवहार भने परिवर्तन गरेको छैन।-Photo Source: BBC



प्रतिक्रिया दिनुहोस्

Screenshot