Logo

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह



५ पुस: पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले भनेका छन्– यदि अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नसक्ने हो भने यहाँ मानवीय संकट पैदा हुनेछ ।‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले अहिले पनि अफगानिस्तानमा ठूलो संकट परेको र यसलाई समयमै समाधानको उपाय नखोज्ने हो भने यसबाट समस्या पनि उत्पन्न हुन सक्ने बताएका छन् । गएको अगष्ट १५ सम्म पनि अफगानिस्तानको करिब आधा जनसंख्या गरिबीमा रहेको र त्यस समयमै त्यहाँका करिब ७५ प्रतिशत बजेट बैदेशिक सहयोगमा निर्भर रहेको भन्दै उनले आगामी दिनहरु अफगानिस्तानका लागि निकै कष्टकर हुनसक्ने बताएका हुन् ।

उनले हाल तालिबान शासन सुरु भएपछि त्यहाँको अवस्था झन् नाजुक बन्दै गएको र वैदेशिक सहायताको रकम पनि उपलब्ध हुन नसकेको भन्दै सहयोगका लगि आग्रह गरेका हुन् । उनले वैदेशिक सहायताका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन् । उनले अफगानिस्तानको अवस्थाको सुधारका लागि विदेशी दाता राष्ट्र र देशले सहयोग गर्नुपर्ने भन्दै सबैको ध्यानाकर्षण गराएका हुन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot