Logo

इरानमा पनि देखियो नयाँ भेरियन्ट ‘ओमिक्रोन’



एजेन्सी, ५ पुस। इरानमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखिएको छ । इरानको स्वास्थ्य मन्त्रालयले ‘ओमिक्रोन’ संक्रमणको पहिलो केस भेटिएको पुष्टि गरेको हो । युएईबाट आएका एक इरानी नागरिकमा ओमिक्रोन देखिएको त्यहाँको सरकारी टेलिभिजनलाई उदृत गर्दै अलजजीरामा खबर छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले शंकास्पद अन्य दुईजनामाथि समेत निगरानी गरिरहेको छ ।

इरानमा ६० प्रतिशत मानिसले कोरोनाविरुद्दको दुई डोज खोप लगाइसेका छन् । खोप लगाइसकेका अधिकांश मानिस बुस्टर डोजको पर्खाइमा छन्।-Photo Source: Al jazeera



प्रतिक्रिया दिनुहोस्