Logo

कांग्रेसमा सुनिल थापा अनुमोदित, अग्निपरीक्षा पास गरेको थापाको प्रतिक्रिया



काठमाडौं, ५ पुस । राप्रपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका सुनिल बहादुर थापा कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यको खुल्ला सदस्यमा निर्वाचित भएका छन् । राप्रपाबाट आएकाले थापालाई कांग्रेसी कार्यकर्ताहरुले अनुमोदन गर्छन् कि गर्दैनन् भन्ने संशय थियो । तर, कांग्रेस कार्यकर्ताहरुले भने थापालाई राम्रो मत दिएर पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित गराएका छन् ।

योसँगै उनलाई कांग्रेसमा अनुमोदन गरिएको भनेर अहिले चर्चा भैरहेको छ । राप्रपाबाट कांग्रेस प्रवेश गरेका थापालाई सभापति देउवाले त्यतिवेला नै सहमहामन्त्री दिएका थिए । थापा अन्तर्राष्ट्रिय रुपमा पनि राजनीतिक सम्बन्ध मजबुद राख्ने नेताको रुपमा परिचित छन् । उनको भारतसँग खासगरी सत्तारुढ दल भाजपाका शीर्ष नेताहरुसँग निकट सम्बन्ध छ ।

थापाले आफू केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै अग्निपरीक्षा पास गरेको बताउन थालेका छन् । उनले अब आफूसँगै राप्रपाबाट कांग्रेसमा आएका नेताहरूको पनि भविष्य सुरक्षित हुने विश्वास दिलाएका छन् । पार्टीमा थापालाई सबैले मन पराउँछन् । सभापति देउवादेखि अहिले पदाधिकारीमा निर्वाचित सबै नेताहरुको लागि थापा प्रिय छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot