Logo

बारका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का कांग्रेस केन्द्रीय सदस्यमा पराजित



काठमाडौं, ५ पुष । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का पराजित भएका छन् । सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका खड्काले जम्मा ४ सय ५३ मत प्राप्त गरेका थिए ।

खड्का १३ औं महाधिवेशनमा पनि पा‍र्टीको केन्द्रीय सदस्यमा पराजित भएका थिए । पछिल्लो समय खड्का बारको आन्दोलनमा सक्रिय भएकोले उनलाई कांग्रेसी कार्यकर्ताहरुले रुचाएका थिएनन् ।



प्रतिक्रिया दिनुहोस्